Pre-enrollment

for e-Passport

विद्युतीय राहदानीको लागि आवेदन






    ========================
    “DEMOGRAPHIC INFORMATION – जनसाङि्ख्यकी जानकारी”
    ========================

    Gender*

    ========================
    CITIZENSHIP INFORMATION-नागरिकता सम्बन्धी जानकारी
    ========================

    ========================
    APPLICANT’S CONTACT DETAILS – आवेदकको सम्पर्क विवरण
    ========================

    Province Name*

    ========================
    CONTACT DETAILS IN CASE OF EMERGENCY – जरूरी परेमा सम्पर्क गर्ने विवरण
    ========================

    Province Name*

    ========================
    LAST/CURRENT PASSPORT INFORMATION – अन्तिम/हालको राहदानी सम्बन्धी जानकारी
    ========================

    ========================
    E-Service File Attachment Prerequisites
    कागजात अपलोड गर्नुहोस् ।
    ========================

    यो पढेर मात्र प्रिइनरोलमेन्ट गर्नुहोला

    १) राहदानीको निवेदन पेश गर्नको लागि प्रिइनरोलमेन्ट पहिलो चरण हो । लाइभ इनरोलमेन्ट गर्ने ठाउँमा गएर बायोमेट्रिक बिबरण (तस्विर खिच्ने, औठा छाप लगाउने, डिजिटल सिग्नेचर आदि) उपलब्ध गराए पछि मात्र यो चरण पुरा हुन्छ ।
    २) तपाइहरूले बुक गरेको एपोइण्टमेण्ट मितिमा नै राजदुतावास जानुपर्छ । भरेको निवेदन सच्याउन सोहि दिन सक्नुहुनेछ ।
    ३) प्रिइनरोलमेन्ट गरेको निवेदन अनिवार्यरुपमा प्रिन्ट गरेर अरु कागजात सहित पेश गर्नु पर्दछ । यदि त्यो हरायो भने पुन: लग इन गरेर अर्को प्रिन्ट निकाल्नु पर्छ ।
    ४) यदि लाइभ इनरोलमेन्टको लागि समय लिएको दिन सार्वजनिक बिदा पऱ्यो भने अर्को दिन जानुपर्छ ।
    ५) राजदुतावास जाँदा फर्मल कपडामा जाँदा उपयुक्त हुन्छ । हाफ कट्टु लगाएर कृपया नजानुहोला । फर्मल कपडामा फोटो राम्रो आउँछ ।

    पासपोर्ट नविकरण थप जानकारी

    संयुक्त अरब र्इमिरेट्समा रोजगारी, व्यवसाय वा अन्य कुनै कामका सिलसिलामा वस्नुहुने नेपाली नागरिकहरूले आफ्नो पुरानो राहदानी को सट्टा विद्युतीय राहदानी लिन चाहेमा वा हाल लिएको पासपोर्ट का पानाहरू प्रयोग भर्इ सकेको वा झुत्रो भर्इ प्रयोग गर्न नसकिने भएमा वा नासिए/हराएमा तल लेखिए वमोजिमका कागजातहरू लिएर निवेदक स्वयं राजदूतावास, अवुधावीमा सम्पर्क राख्नुहोला ।

    आवश्यक कागजातहरू तथा दस्तुरः

    • हाल प्रयोग भइरहेको राहदानी सक्कलै र सोको एक प्रतिलिपि,
    • युएर्इको भिषा भएको पानाको प्रतिलिपि एक,
    • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एक,
    • राहदानी दस्तूर २०० दिरहाम । तर हराएको वा नासिएको वा विभिन्न कारणले क्षती भएको पासपोर्टको हकमा दि. ४०० दस्तुर लाग्ने छ।
    • निवेदक स्वयं उपस्थित हुनुपर्नेछ ।
    • यदि राहदानी हराएको भएमा थप कागजातहरू
    • राहदानी जहाँ हराएको हो त्यो क्षेत्रको प्रहरी कार्यालयले दिएको प्रतिवेदन,
    • कम्पनीले हराएको भएमा कम्पनीको एक पत्र समेत

    यदि युएर्इमा जन्मेको वच्चाको लागि भएमा आवश्यक कागजातहरू

    • युएर्इको Health Authority वाट जारी भएको जन्म दर्ता प्रमाणपत्र सक्कल र एक प्रतिलिपि,
    • (युएर्इको परराष्ट्र मन्त्रालयवाट प्रमाणित भएको हुनु पर्ने)
    • वच्चाको वावुआमा दुवैको राहदानीका प्रतिलिपिहरू,
    • वच्चाको वावुआमा दुवैको भिषाका प्रतिलिपिहरू,
    • वच्चाको वावुआमा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि,
    • वच्चाको वावुआमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरू,
    • राहदानी दस्तुर १०० दिराम
    • बच्चालाइ लिएर अभिभावक स्वयं उपस्थित हुनुपर्नेछ ।

    ध्यान दिनुपर्ने कुराहरूः

    फारामहरू भर्दा सवै विवरणहरू स्पष्टसंग भर्नु अनिवार्य छ । तोकिए वमोजिमको फरम्याटमा DOWONLOAD गरेर Type गरेर मात्र विवरण भर्नु पर्ने हुन्छ ।
    फाराम भर्दा ल्याप्चे लगाउने कोठाहरूमा र हस्ताक्षर गर्न नसक्ने कुनै पनि उमेरका निवेदेकहरूले केही पनि नलेखी मात्र × चिन्ह लगाउन सक्ने छन् ।
    कागजात पूरा नभएको वा रीतपूर्वक फाराम नभरेको पार्इएमा त्यस्ता निवेदन माथि कुनै कारवाही गरिने छैन ।
    राहदानी तयार भर्इ नेपालवाट राजदूतावासमा आर्इपुग्न निवेदन दर्ता भएको मितिले करीब १ महिना लाग्छ । तसर्थ, राहदानी वनेर आर्इपुगेको खवर राजदूतावासमा सम्पर्क गरेर वा दूतावासको Website वाट थाहा पाउन सकिने छ र राहदानी लिन अनिवार्य रूपमा रकम तिरेको रसीद र पुरानो राहदानी लिएर निवेदक स्वयं उपस्थित हुनुपर्नेछ ।
    शनिवार, आइतवार र अन्य विदाका दिनहरू वाहेकका हरेक दिन विहान ०९.३० देखि दिउँसो ४.०० वजेसम्म निवेदन पेश गर्न सकिने छ ।

    Ram Tamang

    MD, 7HR

    Watch, Read, Listen

    Join 900+ subscribers

    Stay in the loop with everything you need to know.